Prakash Adhikari August 29, 2020

काठमाडौं, १२ भाद्र । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बन्नुभएको छ ।

यस्तै फस्ट रनरअप प्रवीण वेडुवाल बन्नुभएको छ भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बन्नुभएको छ ।

आइडल विजेता सज्जा चौलागाईँले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गनुभएको छ भने फस्ट रनरअप प्रवीणले १० लाख र सेकेन्ड रनरअप किरणले पाँच लाख नगद प्राप्त गर्नुभएको छ ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गर्नुुभएको थियो ।

शुक्रबार राति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा निर्णायक तथा प्रतिस्पर्धी अनुपस्थित रहनुभएको थियो ।

नेपाल आइडल निर्माण पक्षले भनेको थियो, “ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतिहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुति पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो । तथापि प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै प्राप्त भोट तथा निर्णायक मण्डलको मूल्यांकनको आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गर्नुहुनेछ ।”

Share Now

Leave a comment.