Prakash Adhikari September 21, 2020

सानेपा(ललितपुर), ५असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराई प्रमुख रहनु भएको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा थप ३४जनालाई मनोनयन गर्नुभएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित(को धारा २५ (९) बमोजिम गठित विभागमा विरेन्द्रकुमार माझी (मोरङ्ग), दिलबहादुर गुरुङ्ग (जर्मनी), प्रेमध्वज लामा (सिन्धुपाल्चोक), जानकीलाल बस्नेत (दाङ्ग), कुलप्रसाद गुरुङ्ग (हङकङ), नरेन्द्र भाट (डडेलधुरा÷कतार), साम्राज्य बिक्रम पाण्डे (कैलाली), तिलकबहादुर भण्डारी (रुकुम), पेमा निमा शेर्पा (ओखलढुङ्गा), भरत गुरुङ्ग (चितवन), मनोज मिश्र (धनुषा), सुरज नायक (अमेरिका), गिरिराज कुँवर (दक्षिण कोरिया), श्री सापकोटा (नुवाकोट), लवराज दाहाल (काठमाडौं), राम श्रेष्ठ (स्याङ्जा), नाचोङ गुरुङ्ग (मनाङ्ग), विष्णुबहादुर रायमाझी (रुपन्देही), दिनामणि पाण्डे (अर्घाखाँची/भारत), कृष्ण सापकोटा (गुल्मी), चित्रबहादुर मल्ल (मुगु), दिलेन्द्र रावल (कञ्चनपुर), प्रज्ञान न्यौपाने (दाङ), भरत अर्याल (अमेरिका), जगदीश न्यौपाने (तनहुँ), मनोज भण्डारी (काठमाडौं), बद्री अर्याल (धादिङ्ग), जगदीश पौडेल (स्याङ्गजा), नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं), सन्तोषप्रसाद रिजाल (मलेसिया/पाँचथर), शेषकान्त पुरी (स्याङ्गजा), जगदीश खाँण (नवलपुर), जीवन नेपाल (इलाम) र श्यामप्रसाद उप्रेती (दोलखा) रहनुभएको छ ।

Share Now

Leave a comment.