Prakash Adhikari December 31, 2020

 

काठमाडौं, १६ पौष । यस बर्षको मिस युनिभर्स नेपाल २०२०’को ताज सुन्दरी अन्सिका शर्माको शीरमा सजिन पुगको छ। बुधबार सम्पन्न प्रतियोगिताको अन्तिम राउण्डमा आफ्ना प्रतिस्पर्धीलाई पछाडि पार्दै अन्सिकाले उपाधि, क्राउन, प्रमाण पत्र र थुप्रै पुरस्कार जित्नुभएको हो ।

यस बर्षको मिस युनिभर्स नेपाल २०२० विजयी अन्सिकाले नगद १० लाख रुपैयाँ प्राप्त गर्नुभएको छ।

प्रतियोगितमा फस्र्ट रनर्सअप सुजिता बस्नेत तथा सेकेण्ड रनर्सअप निनाकान्त मण्डल, तेस्रो रनर्सअप दीप्ता थापा र चौथो रनर्सअपको उपाधि न्यान्सी खड्काले जित्नुभएको छ ।


यो वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हो। यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुनदेखि मिस युनिभर्ससँग सहकार्य गरेको गर्दै आएको थियो।

म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो।

सन् २०१७ मा नग्मा श्रेष्ठले यो स्थापना गर्नुभएको यो संस्थाको सहसंस्थापक सीजी कर्पोरेसेन ग्लोबल हो।

 

Share Now

Leave a comment.