Prakash Adhikari February 4, 2021

काठमाडौं, २२ माघ । नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले २ सय जना अधिकृत क्याडेट माग गरेको हो।

निर्देशनालयका अनुसार खुला तर्फ १ सय ५ जना, आदिवासी जनजातिबाट २९, महिला २५ जना, मधेशी कोटाबाट २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको हो।

आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ। न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन्। प्रमाणपत्र तह उत्तीर्णको लागि उमेरको हद २१ बर्ष राखिएको छ भने स्नातक तह उत्तीर्णका लागि २४ बर्ष राखिएको छ ।

Share Now

Leave a comment.