Prakash Adhikari February 6, 2021

अबुधाबी(संयुक्त अरब इमिरेट्स), २४ माघ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भैरहेका अबुधाबी टि१० लिग अन्तर्गत भएको खेलमा नेपाली खेलाडी कुशल मल्लआबद्ध टिम आबुधावीले कलन्दर्सलाई २१ बलले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । टिमको अन्तिम खेलमा डेब्युको मौका पाएका नेपाली अल(राउण्डर कुशल मल्लले १२ बलमा १ चौका र १ छक्काको मद्धतमा १८ रन बनाएर राम्रो छाप छोडेका छन् ।

May be an image of 1 person and text that says 'BUDHABI HABI KY25 TEAM ABU DHABI LUKE WRIGHT PAUL STIRLING BEN DUCKETT NAJIBULLAH ZADRAN JAMIE OVERTON LEONARDO JULIEN ROHAN MUSTAFA OBED McCOY KUSHAL MALLA TOM HELM KARTHIK MEIYAPPAN .bu Dhabi t Alubond ABU DHABI TIC Sky247'
खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको टिम अबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो।

१ सय २५ को लक्ष्य पाएको कलन्दर्सले निर्धारित १० ओभरको खेलमा ५ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो ।

उसका लागि डानियल डेल ड्रुम्मडले ४६,क्याप्टेन सोहेल अख्तरले १७, बेन डंकले १३, अहमद डानियल र सोहेल तनबीरले समान ९।९ तथा अलि खानले ५ रन जोडेका थिए ।

कलन्दर्सलाई रोक्ने क्रममा टिम अबुधाबीका रोहन मुस्तफाल २, पालानीअप्पन मोइअप्पन, जमाई ओभरटन र ओबे म्याक्केले समान एक एक विकेट लिए ।

खेलमा पहिले ब्याटिड. गरेको टिम अबुधावीका लागि नाजिबुल्लाह जर्दानले १६ बलमा सर्वाधिक ४५, ओपनर पौल स्टर्लिङले ९ बलमा २६, लिओनार्डो जूलियनले १२ बलमा १९ तथा नेपाली युवा खेलाडी कुशल मल्लले १२ बलमा १८ रन बनाएका थिए।त्यस्तै बेन डकेटले ७,रोहन मुस्तफाले २ र जमाई ओभरटनले १ रन जोडेका थिए ।

अबुधाबीलाई रोक्ने क्रममा कलन्दर्सको बलिंगतर्फ मोहम्मद झहीद २ तथा सोहेल तन्विर, ड्यानल अहमद, अलि खान र खुर्सिद अन्वारले समान १ १ विकेट लिएका थिए ।

अन्तिम खेलमा डेब्यु गरेका कुशलको प्रदर्शन

पौल स्टर्लिङ आउट भएपछि तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका कुशलले १२ बलमा १८ रन बनाए।

कुशलले पहिलो बलमै १ रन लिंदै खाता खोले। दोस्रो बल डट खाएका कुशलले तेस्रो बलमा एक रन लिए भने चौथौं बलमा लेग बाइको रुपमा १ रन बटुले। ४ बलमा २ रन बनाएर सुस्त ब्याटिंग गरेका कुशलले पाचौं बलमा २ रन लिए भने अलि खानको छैटौं बलमा छक्का हिर्काए। सातौँ बलमा लेग बाइको रुपमा १ रन लिएका कुशलले आठौँ बलमा पनि १ रननै लिए।

नवौं बलमा खुर्सिद अन्वारको बलिंगमा चौका प्रहार गरेका कुशलले दशौँ बलमा १ रन लिए। त्यसपछि ११ वौं बलमा १ रन लिएका कुशललाई आफुले फेस गरेको १२ औं बलमा मोहम्मद झहीदले आउट पारे।
टिमको अन्तिम खेलमा डेब्यु गर्न पाएका कुशलले टी १० मा राम्रो छाप छोडेका छन् ।

टी १० को गत सिजन सन्दी लामिछाने र पारस खड्का सहभागी बन्ने अवसर पाएका थिए भने सिजन कुशल मल्ल, सोम्पाल कामी र करण के.सी.ले खेलाडीको रुपमा तथा पारस खड्का मेन्टरको रुपमा प्रतियोगितामा अवसर पाएका छन्।

खेलमा नेपाली खेलाडी सोमपाल कामी आबद्ध मराठा अरेवियन्स तथा करण् के.सी. आबद्ध पुणे डेभिल्स प्लेअफ चरणमा पुग्न असमर्थ रहेका थिए ।

अहिले टी १० को फाइनलको लागि नर्थन वारियर्स र दिल्ली बुल्सकाबीचमा खेल भैरहको छ ।

Image

 

खेलमा टस जितेर वारियर्सले फिल्डिड. रोजको छ भने दिल्ली बुल्सले ब्याटिड.मा तेस्रो ओभरको अन्त्यसम्म २ विकेट गुमाउदै ३५ रन जोडेको छ ।

Share Now

Leave a comment.