Prakash Adhikari February 21, 2021

 

काठमाडौं, ९ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वास्थ्योपचारको लागि भारत जाँदै हुनुहुन्छ ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराइरहनुभएका डा. भट्टराईले चिकित्सकहरुको सल्लाह बमोजिम भारतको इन्स्टिच्युट अफ लिभर एण्ड बिलियरी साइन्समा उपचार गराउनु हुनेछ ।

उहाँको साथमा पत्नी एवम् पूर्वमन्त्री नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे जानुहुने भएको छ।

 

Share Now

Leave a comment.