Prakash Adhikari March 7, 2021

 

काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी नामको राजनीतिक दल आफूले पहिले दर्ता गरेकोले सोही नामसंग हुबहु मिल्ने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने निर्वाचन आयोगको काम बदर गराउन ऋषि कट्टेलले सर्वोच्च अदालतमा दिएको निवेदनमा आज फैसला हुने भएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले यस मुद्दामा यही फागुन १९ गते बिहीबार निर्णय सुनाउने जानकारी १३ गते दिएको थियो । तर बिहिबार पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले आज(यही फागुन २३ गते) आइतबार उक्त विवादको निर्णय सुनाउइने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी )नेकपा)कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकोले त्यसविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिएपनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

कदाचित सर्वोच्च अदालतले पहिले पार्टी दर्ता गराएको हुनाले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक नेतृत्व ऋषि कट्टेलमा नै रहन्छ भन्ने फैसला गरिदिएमा विभाजनको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सवै सांसदहरु स्वतन्त्र बन्ने र यसका दुवै खेमाले नयाँ दल दर्ता गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने बताइन्छ ।

सर्वोच्च अदालतबाट प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न चालेको काम असंवैधानिक भएकोले कानूनी मान्यताशून्य भन्दै बदर घोषित गरेपछि पनि राजिनामा नदिईकन के जितेछन भनेर खिसिटूयुरी गर्दै आफैले हत्यागरेको प्रतिनिधिसभामा सैनिक सुरक्षामा ठाँटबाँटका साथ जान अग्रसर प्रधानमन्त्री ओलीलाई यो स्थितिको पूर्वाभाष भएको पनि आशंका गरिएको छ ।

सांसदहरु स्वतन्त्र हुने स्थितिमा बोरामा तौलेर खरिद विक्री गर्ने सामाथ्र्य सत्तामा रहेको र नेपालका बद्नाम माफिया ग्रुपसंग निकटता भएको कारण प्रधानमन्त्री ओलीमा मात्र भएकोले त्यसको लाभ हाल बहुमतमा रहेको नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल ग्रुपले लिन नसक्ने अड्कल पनि गरिएको छ ।

सर्वोच्चको फैसला प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नुभन्दा पहिले नै आउने भएकोले सो फैसलालै प्रतिनिधिसभाको बैठक पनि प्रभावित हुने बताइएको छ ।

Share Now

Leave a comment.