Prakash Adhikari April 4, 2021

 

काठमाडौं, २२ चैत्र । यही बैशाख ४ गते देखि ११ गतेसम्म नेपालमा आयोजना हुने नेपाल, मलेसिया र नेदरल्याण्डबीच त्रिकोणात्मक टिट्वान्टी सिरिजको आयोजना हुने भएको छ ।

सो प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले २० सदस्यीय प्रारम्भिक बन्द प्रशिक्षण टिमको घोषणा गरेको छ।

नेपाल क्रिकेट संघले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार सिरिजको लागि नेपालले चैत्र २४ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ। हाल टियु क्रिकेट मैदान किर्तिपुरमा काठमाडौँमा उपलब्ध भएका खेलाडीहरु प्रशिक्षक डेभ व्हाटमोरसंग अभ्यासरतर रहेका छन्।

क्यानले घोषणा गरेको टिममा लोकेश बम, आसिफ शेख, शाहब आलम, पवन सर्राफ, सन्दिप जोरा, कुशल भुर्तेल, बिक्रम सोब जस्ता खेलाडीहरुले मौका पाएका छन्।

प्रारम्भिक टिममा शरद भेसावकर, बसन्त रेग्मी, भुवन कार्की, रोहित पौडेल जस्ता खेलाडीहरुलाई मौका दिईएको छैन।
प्रधानमन्त्री कपको दौरान घाइते भएका ब्याट्सम्यान आरिफ शेखले टिममा पुनरागमन गरेका छन्।

घोषित टिम : ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र ऐरी, बिनोद भण्डारी, सोमपाल कामि, करन केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित राजबंशी

खेल टि २० फर्म्याटमा खेलिनेछ भने डबल राउण्ड रोबिनको आधारमा सहभागी तिनवटा टोलीले एकअर्का बिरुद्ध २ २ खेल खेलीसकेपछि अंकतालिकामा उत्कृष्ट हुने दुईवटा टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

गत वर्ष फेब्रुअरीमा आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलिएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टिमले पछिल्लो पटक थाइल्याण्डमा गत वर्ष मार्चमा एसीसी इस्टर्न रिजन टि २० प्रतियोगिता खेलेको थियो। त्यस यता भने कोरोना भाइरसको प्रकोपका कारण अन्तर्राष्ट्रिय खेलहरु प्रभावित भएका छन् । राष्ट्रिय प्रतियोगिताहरु भने केही महिना यता सञ्चालन भैरहेका छन् ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*