Prakash Adhikari April 8, 2021

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन मनोरञ्जन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह छ ।

छिमेकी भारतमा कोरोनाको प्रकोप पुनः बढ्न थालेको र नेपालमा पनि नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएकोले सोको नियन्त्रणका लागि सो सावधानी अपनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्नुभएको छ।

सहप्रवक्ता डा अधिकारीले रात्रिकालीन व्यवसाय रेष्टुरेन्ट, चलचित्र हल, क्लब लगायतका व्यवसायलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको पनि बताउनुभएको छ ।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*