
काठमाडौं, २६ चैत्र । प्रतिनिधिसभाको सातौं अधिवेशनको आठौं बैठक आज अपरान्ह १ बजे बस्ने भएको छ ।
संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको आजको संभावित कार्यसूचीमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले मधेशी आयोग र थारु आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि पूर्व राज्य मन्त्री ऐश्वर्यलाल प्रधानाड.को निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । वि.सं. २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा
निर्वाचित सदस्य एवं सो कार्यकालमा राष्ट्रिय सभाको उपाध्यक्ष समेत हुनुभएको, पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री, राजनीतिक, शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत क्रियाशिल नेता ऐश्वर्यलाल प्रधानाङ्गको ९६ वर्षको उमेरमा मिति २०७७ साल चैत २० गते शुक्रबार असामयिक निधन भएको थियो ।
शोक प्रस्ताव पारित गरेपछि संसदको बैठक अन्त्य गर्ने परम्परा नेपालको संसदले अबलम्बन गर्दै आएको छ ।