Prakash Adhikari February 16, 2018

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ४ फागुन । अमेरिकी अध्यागमन नीतिमा परिवर्तन गर्ने सम्बन्धमा राष्ट्रपति ट्रम्पको सरकारले ल्याएका चारवाट विधेयकहरु अमेरिकी सितेटमा बिहीबार अस्वीकृत भएका छन् ।

बिहीबार सिनेटमा मतदान बाइपार्टिसन बिल ५४-४५ ले अस्विकृत भयो । यस बिललाई राष्ट्रपति ट्रम्पले विरोध गरेका थिए ।
राष्ट्रपति ट्रम्पले समर्थन गरेको विधेयक ६०-३९ भोटले अस्वीकृत भएको छ ।

यस विधेयकमा फेमिली स्पन्सर्ड इमिग्रेशन प्रायोरोटिज्, डाईभर्सिटी भिसा कार्यक्रमको खारेजी, इम्प्लोईमेन्ट बेस्ड इमिग्रेशन प्रायोरोटिज् राखिएको थियो ।

यो विधेयक पारित नभएकोले अमेरिकाले दिंदै आएको डीभी कार्यक्रम चालु रहने छ ।

डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल (डाका) कार्यक्रम अन्तर्गत रहेकाहरुको अमेरिकामा बस्न पाउने कानुनी हैसियत आगामी मार्च महिनाको पहिलो साताबाट सकिन लागेको छ ।

अप्रिल २०१३ मा सिनेटमा प्रस्तुत भै जुन २०१३ मा ६८-३२ भोटले पारित भएको अध्यागमन सम्बन्धी विधेयक ११३ औ संसदमा छलफल नै नभई सकिएको थियो ।

Share Now

Leave a comment.