Prakash Adhikari February 16, 2018

 

काठमाडौं,४ फागुन । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व आज एकसाथ मनाउदै छन्।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि मलमास परेकोले केही तामाङ समुदायले त्यसलाई मनाएका थिएनन् ।

ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् ।

हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको हो ।
राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायले काठमाडौंको तिनकुने शुक्रबार र शनिबार सांस्कृतिक महोत्सव आयोजना गरेका छन् ।

महोत्सवको आज अपरान्ह प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।

नयाँ बर्षका अवसरमा तामाड. र शेर्पा दुवै समुदायमा शरिर र आवास सफा शुद्ध पारी घरघरमा तथा गुम्बाहरुमा गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ ।

Share Now

Leave a comment.