Prakash Adhikari June 19, 2021

काठमाडौं, ५ आषाढ । मेलम्ची नदीमा आषाढ १ गते आएको बाढीको कारण हेल्म्बु गाँउपालिका वडा नं १ मा सेमेसिदाड.हिमालमुनि रहेको भेमाथाड.चौरमा गएको पहिरो भएको हेलम्बु गाँउपालिकाले जनाएको छ ।

गाउँपालिकाले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै उक्त जानकारी दिएको छ । गाउँपालिकाको विज्ञप्तिमा जनाइए अनुसार निकै संवेदनशील भासिने प्रकृतिको माटो रहेको उक्त उपत्यकाको २५ प्रतिशत जमिन भासिएको छ । ७५ प्रतिशत बाँकी छ । त्यसको उपयुक्त तवरले संरक्षण नगरेमा सो जमीन भासिने क्रम जारी रहनेछ । कहिले कुन बेला बाढी आउछ पूर्वानुमान गर्न नसकिने स्थिति रहेको छ ।

डा. रविनको तर्क

हेलम्बु गाउँपालिकाले सो क्षेत्रमा खानेपानीको स्रोत र जलाधारमा कार्यरत डा= रविनराज निरौलाको कथनलाई आधार मानेर उक्त सूचना सार्वजनिक गरेको हो ।

डा. निरौलाले भन्नुभएको छ, “मेलम्चीमा बाढी आएपछि खोलामा जुन किसिमको पाँगो माटोको लेदो बगेर आएको थियो, त्यो मेलम्ची आयोजना र त्यसभन्दा तल्लोभेगमा रहेको माटोको प्रकृतिसंग मिलेको थिएन । त्यसको कारण खोज्दै जाँदा यसको उच्च भागका बारेमा खोज्न विवश बनायो । मेलम्ची खानेपानीमाथिल्लो क्षेत्रको खोजी गर्दै जाँदा हेलम्बुको वडा १ मा रहेको भ्रेमाथाङमा भीषण पहिरो गएको शुक्रवार थाहा भयो ।”

 

भ्रेमाथाङ को अवस्थिति

भ्रेमथाङ भन्ने सानो लेकाली फाँट लामटाङ राष्ट्रिय निकुञ्जको हेलम्बु क्षेत्रभित्र रहेको ठाउँ हो । यो उपत्यका जस्तै ४ वर्गमिटरमा फैलिएको छ। यहाँ केही साना ताल पनि छन्। यो भूभाग समुन्द्री सतहदेखि ३ हजार ५ सय मिटर उचाईमा रहेको छ।

डा. निरौलाका अनुसार धेरै अघि हेलम्बुका बासिन्दा अन्य क्षेत्रमा झैं यहाँ पनि तीर्थाटनका लागि जाने गर्दथे। पछिल्लो समय भने त्यहाँ तीर्थ जाने कुरा सुनिएको छैन।

सो स्थानमा आषाढ १ गते मंगलवार ठूलो पहिरो गएको छ। डा.निरौला भन्नुहुन्छ, यहीको लेकाली उर्बर कालो माटो अहिले मेलम्चीको दोभानमा थुप्रिएको हो। कतिले हिमपहिरो अर्थात् एभलाञ्च गएको तथा हिमताल फुटेको ुग्लासियरु फुट्यो पनि भनेका छन्। मेलम्चीको शिरमा ग्लासियर अर्थात हिमताल छैन।

https://twitter.com/joshi_sushma/status/1406151065037275144

https://twitter.com/joshi_sushma/status/1406150875907723264

 

पहिरोका कारण

सन् २०१२ देखि यसै क्षेत्रको खानेपानीको मूलसम्बन्धी अध्ययन गर्दै आउनुभएका डा. निरौलाले हाल आएको बाढी र पहिरोको कारणबारे पनि उल्लेख गर्नुभएको छ ।

भूकम्प लगत्तै सो क्षेत्रको अध्ययनका लागि निस्किनुभएका निरौलाले त्यहाँको धर्तीको अवस्था उल्लेख गर्र्दै भन्नुभएको छ,” हेलम्बुमा मेलम्ची घ्याङ क्षेत्रदेखि माथिका अधिकांश भाग भूकम्पले चिराचिरा पारेको थियो। हाम्रो अनुमान त्यही बेला नै पहाड भत्किने भन्ने थियो। हामीले यससम्बन्धी ध्यानाकर्षण सम्बन्धित निकायलाई गराएका थियौं पनि।”

उहाँले चिराचिरा परेको जमिनमा पानी पर्दा पानी पहिरो जाने संभावना औल्याउदै भन्नुभएको छ, ससाना पराकम्पनले चिरिएको ठाँउ पुरिने र बर्षातको पानीले पुरिएर पूर्ववत अवस्थामा नपुगेसम्म चिरा परेको जमिनमा पानी पस्दा पहिरिने संभावना हुन्छ ।

डा. निरौलाले यसपटक मनसुन सुरु भएको हप्तादिन नपुग्दै पहिरो र बाढी आउनुमा मनसुनको प्रकृतिको पनि असर रहेको उल्लेख गर्नुभएको छ । अघिल्ला वर्षहरुमा मनसुनको प्रवेश तल्लो भेग हुँदै माथितिर प्रवेश गर्ने हुन्थ्यो। तर, यस पटक उच्च हिमाली भेगबाट मनसुनको प्रवेश भयो। जसकारण पानी अत्याधिक पर्‍यो र भ्रेमाथाङ भत्किन यसैको सहयोग रह्यो।

हिमाल पारिको जिल्ला भनिने मनाड. र मुस्ताड.मा पनि बर्षा याममा बाढीपहिरो आएको उल्लेख गर्नुभएको छ ।

मेलम्ची ध्याड.को पहिरोले थपिदा ठूलो क्षति

डा. निरौलाले भन्नुभएको छ, यसपटकको बाढी ठूलो हुनुमा तीन घटना एकै साथ हुनु मुख्य कारण देखिन्छ। यसको पहिलो कारण भ्रेमथाङको पहिरो हो। त्यहाँ पहिरो गएपछि आएको बाढी ठूलो थियो। त्यही लेदोसहितको बाढी फेरि मेलम्ची घ्याङ नजिकैको पहिरोले छेक्यो। मंगलवार साँझ ६ बजेदेखि ७ बजेसम्मको अवधिमा झन्डै ४५ मिनेट बाढी थुनियो।

बाढीले मेलम्ची खानेपानीको ‘क्याम्प साइट’ बगायो, आठ कामदार सम्पर्कविहीन

यसलाई मेलम्ची आयोजनाको मुहानको बहाब मापनले पनि पुष्टि गरेको बताइन्छ । बाढी आउँदा खोलाको बाढीको बहाव ४.५ पुग्यो। ४५ मिनेट थुनिएर खुल्दा बहाव ६ मिटरभन्दा माथि गयो। यही बहावले तिम्बु क्षेत्रको पुल बगाउन मद्दत पुग्यो। थपिँदै थपिँदै आएको बाढी र यता इन्द्रावती खोलाको बाढी एकआपसमा दोभानमा जुधे। त्यसपछि बाढीको बहाव बजारतिर मोडियो।पानीको करेन्ट थपियो र मेलम्ची बजारमा ठूलो क्षति भयो।

टरेको छैन खतरा

मंगलवारजस्तै बाक्लो पहिरो शुक्रवार पनि आएको छ। शुक्रवार ३ देखि ५ बजेसम्म हेलम्बु क्षेत्रमा भारी वर्षा भएको थियो। तर, मेलम्ची क्षेत्रमा पानी परेको थिएन। पानी नपरी बाढी आउँदा भने धेरैले आश्चार्य मानेका थिए। हेलम्बुबाटै आएको वर्षाका कारण मेलम्चीमा बाढी बढेको थियो। र, बाढी लेदो माटो सहितको थियो। त्यो माटो भ्रेमाथाङकै पहिरोबाट बग्दै आएको हो।

भ्रेमाथाङमा पहिरो खस्ने खतरा अझै टरेको छैन। पानी पर्नसाथ यस्तो घटना दोहोरिन सक्छन्। यस वर्ष नभए अर्को वर्ष पुनरावृत्ति हुनसक्छ। त्यहाँ पहिरोले घाउ बनाएर राखेको छ। यस्तो घाउले दिने जोखिम ४-५ वर्षसम्म कायमै रहन्छ। त्यसैले यसको व्यवस्थापनका लागि सरकारले काम गर्नै पर्छ। तटीय क्षेत्रमा बासिन्दाले पनि अब सावधानी अपनाउनुपर्छ।

मेलम्चीमा लेदोको तह

डा.निरौलाले मेलम्ची बजार नजिकको नदी किनारामा आएको बाढी र थपिएको लेदोको बारेमा भन्नुभएको छ, “मेलम्ची क्षेत्रको ठूलो मात्रमा रहेको दोभान अहिले बगरमा परिणत भएको छ। बगर क्षेत्र कति भरिएको हो भनेर ठ्याक्कै अनुमान गर्न सकिएको छैन। किनभने पुलको पिलरमा पानीको बहाव कति आयो भनेर जाँच गर्ने स्केल राखिएको हुन्छ। त्यसका आधारमा यकिन हुनसक्थ्यो। तर, मेलम्चीको पुल नै बगाएकाले यसको बहाव जाँच्न सकिएन। फेरि यहाँ पुलभन्दा धेरै माथि बाढी चढेकोले पनि यसको अनुमान गर्न नसकिएको हो।नदीको किनारमा रहेका घरलाई लिएर हेर्दा यस क्षेत्रमा लगभव २५ -३० फुट लेदो भरिएको छ। चनौटे क्षेत्रमा २० फुटभन्दा कम छ।”

बलमिच्याईले मेलम्चीमा क्षति

भूकम्पपछि मेलम्ची नगरपालिकालाई आफूहरु लगायत युएनडीपीले पनि मेलम्ची बजार खतरामा छ भनेर रिपोर्ट बुझाएको र नगरपालिकाले नदी क्षेत्रका २०० फिट वरपर रहेको ठाउँमा घर बनाए नक्सा पास नगर्ने नीति लिएको बताउदै डा. निरौलाले भन्नुभएको छ, तर, पुर्ख्यौली घर भएकाले त्यसको पालना भएन। कसरी छोड्ने आफ्नो थलो भन्ने भयो पहिलेदेखि नै बसिरहेका नगरवासीलाई।त्यही मोहले यो विनाश निम्त्यायो ।

यता नगरपालिकाले पनि कभर्ड हल बनाएर आफ्नै नीतिको पालना गरेको देखिएन। नगरपालिकाले कभर्ड हल बनाएपछि सर्वसाधारणले पनि आफ्नो जमीनमा निर्माण कार्य जारी राखे। त्यसैअनुरुप घरहरु बने, भूकम्प पछि।

Share Now

Leave a comment.