Prakash Adhikari June 20, 2021

काठमाडौं, ६ आषाढ । विश्व महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसबाट विगत २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४२ जनामा  सङ्क्रमित भएका छन भने  ५१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १० हजार ९ सय ५६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सो अवधिमा ३ हजार ४ सय ५६ जना सङ्क्रमणमुक्त भएको बताउनुभएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४७ हजार नाघेको छ भने मृतकको सङ्ख्या ८ हजार ७ सय २६ पुगेको छ।

परीक्षण

प्रवक्ता डा. पौडेलका अनुसार  ूअहिले ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। अहिले १७ जिल्लाको सङ्क्रमण बढ्दो क्रममा र अन्यमा घट्दो क्रममा रहेको छ ।

अहिले देशमा कुल ५५ हजार ५ सय ३२ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३ हजार ६ सय ९९ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

उनका अनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेका १० जिल्लाहरू क्रमानुसार काठमाडौं, ललितपुर, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रे रहेको छ।

डा.पौडेलले गत २४ घण्टाको परीक्षण नतिजामा गण्डकी प्रदेशमा सङ्क्रमण दर झन्डै ४५ प्रतिशत, कर्णालीमा ३७ प्रतिशत र प्रदेश १ मा २३.७ प्रतिशत देखिएको बताउनुभयो।

देशभरिको सङ्क्रमण दर २१.३ प्रतिशत रहेको र यो घट्दो क्रममा रहेको पौडेलले बताए।

काठमाडौं उपत्यकामा धेरै

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

आइतवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ४ सय ५० जना काठमाडौं जिल्लाका रहेका छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा २५ र ललितपुरमा ५३ जना सङ्क्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ८ सय ७१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २ सय ५० जना भेन्टिलेटरमा छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१० प्रतिशत महिला छन् भने ६०.९० प्रतिशत पुरुष छन्।

 

Share Now

Leave a comment.