Prakash Adhikari June 21, 2021

 

काठमाडौं, ७ आषाढ । नेपालमा विगत २४ घण्टामा २ हजार ९ सय ९७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ भने सो अवधिमा कोरोना संक्रमणसम्बन्धी कारणबाट ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ४ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा २ हजार २ सय ९७ जनमा सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा ३ हजार १ सय ३० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले सोमवार अपरान्ह जनाएको छ।

अहिलेको वृद्धिसँगै नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजन विधिबाट २७ हजार ३ सय ८ जनामा कोभिड पुष्टि भएको छ।

कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८ हजार ७ सय ७२ पुगेको सरकारी तथ्याङ्क छ।

पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म ८९.९ प्रतिशत अर्थात् झन्डै ५ लाख ६० हजार जना निको भइसकेका छन्।

मन्त्रालयका अनुसार अहिले सार्वजनिक गरिएको मृतकको तथ्याङ्कमा विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

सङ्क्रमितमध्ये अधिकांश २१ वर्षदेखि ५० वर्षका व्यक्तिहरू छन्।

सक्रिय सङ्क्रमित कहाँ छन् ?

नेपाल कोभिड

नेपाल कोभिड

सोमवार बागलुङमा सर्वाधिक ३ सय ५ जनामा कोरोनाभाइरस पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको भए पनि तीमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

अहिले काठमाडौंमा २ सय ८५ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा ६१ जनामा कोभिड पुष्टि भयो। मन्त्रालयका अनुसार अहिले भक्तपुरमा २ हजार २२ जना, ललितपुरमा २ हना। ६ सय ७९ जना काठमाडौंं ५ हजार ५ सय ११ जना सक्रिय सङ्क्रमित छन्।

अस्पतालमा हुने सङ्क्रमितको सङ्ख्या पनि घटेको देखिएको छ।

सङ्क्रमितमध्ये अहिले ८ सय ११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २ सय ३७ जना भेन्टिलेटरमा छन्।

सरकारी तथ्याङ्कअनुसार नेपालमा सोमवार अपराह्णसम्म २५ लाख जनाभन्दा बढीले कोभिडविरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने सात लाख ३१ हजार ६ सय ५३ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१८ प्रतिशत महिला छन् भने ६०.८२ प्रतिशत पुरुष छन्।

के छ भारतको स्थिति ?

नेपालसँग सीमा जोडिएको भारतमा कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या ३ लाख ८८ हजार नाघेको छ।

भारतमा केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। तर अहिले पनि भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ७२ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेश राज्यमा १७ लाख ४ हजार, पश्चिम बङ्गालमा १४ लाख ८१ हजार, बिहारमा ७ लाख १९ हजार र उत्तराखण्डमा ३ लाख ३८ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ।

भारत सरकारका अनुसार अहिलेसम्म २.९९ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा सोमवार बिहानसम्मको तथ्याङ्क

निकोः २,८८,४४,१९९ (९६.३६प्रतिशत)
सक्रिय सङ्क्रमणः ७,०२,८८७ (२.३५ प्रतिशत)
मृत्युः ३,८८,१३५

(बीबीसीको सहयोगमा)

Share Now

Leave a comment.