Prakash Adhikari June 30, 2021

काठमाडौं, १६ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहनुभएको छ । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा हुनुहुन्थ्यो ।

आइसिसीले जारी गरेको बरियतामा नेपालबाट भुर्तेल र मल्लसहित चार खेलाडी समेटिनुभएको छ । बरियतामा पर्नुभएका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहनुभएको छ ।

पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहनुभएको छ । यस्तै लामिछाने ७६औँ स्थानमा रहनुभएको छ ।

नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।

Share Now

Leave a comment.