Prakash Adhikari June 30, 2021

काठमाडौं, १६ आषाढ । नेपालमा धितोपत्र बजारको विकास,विस्तार र सुधारको साथै नियमनको पनि जिम्मेवारी पाएको नेपाल धितोपत्र बोर्डको कच्चा कदमले घाइते भएकोे नेपाल शेयर बजार दुईहप्तादेखि लगातार ओरालो लागेको छ ।

बोर्डले धितोपत्रको दोस्रो बजारमा नियमित कारोबार भैरहेका कम्पनीहरु मध्ये ५१ कम्पनीको शेयर मूल्य ती कम्पनीको प्रति शेयर आम्दानी र,मूल्य आम्दानी अनुपातको तुलनामा अत्यधिक रहेको तथ्यगत विवरण सहित कम्पनीहरुको नाम सार्वजनिक गरेपछि ३००० विन्दुमाथि पुगेको नेप्से परिसूचक अहिले घटेर २८२३ मा झरेको छ भनै दैनिक २० अर्बको हाराहारीमा पुगेको नेप्सेको कारोबार अहिले दैनिक ६ अर्बभन्दा पनि कममा आइपुगेको छ ।

बुधबार नेप्से ४.१३ बिन्दुले ओरालो लागेर २ ८२३.८७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ बिन्दुले घटेर ५२२.३७ मा पुगेको छ ।

कूल २२० कम्पनकिो एक करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब २३ अर्ब पाँच करोड ४२ लाख ६५ हजार ८५६ बराबर पुगेको छ ।

उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सो कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ । यस्तै, सेन्ट्रल फाइनान्स ९.९७, नेपाल फाइनान्स ९.८६, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.५७ र प्रोगेसिभ फाइनान्स कम्पनीको शेयरधनीले ९.६८ प्रतिशतले नाफा आर्जन गरेका छन् । वित्त उपसमूहको शेयरमा ११८.७८ बिन्दुको वृद्धि देखिएको छ । यस्तै विकास बैंक उपसमूहको शेयरमा १३६.९६ बिन्दुको सुधार देखिएको छ ।

कारोवार भएका १३ उपसमूह मध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ४.०८, व्यापार २२.४६, होटल तथा पर्यटन ४९.६८, लघुवित्त ४७.६, जीवन बीमा ११२.४८, सामूहिक लगानी कोष ०.०९ र लगानी २.३९ बिन्दुले घटेको छ । यस्तै, विकास बैंक १३६.९६, जलविद्युत् २.९४, वित्त ११८.७८, निर्जीवन बीमा ५.६३, उत्पादन ५७.०९ र अन्य उपसमूहको शेयर १८.३१ बिन्दुले बढेको छ ।

ub-Indices Current Points Change %Change
Banking 1,919.91 4.08 0.21
Trading 3,666.20 22.46 0.61
Hotels And Tourism 3,518.63 49.68 1.39
Development Bank 4,205.12 136.96 3.37
HydroPower 2,816.98 2.94 0.1
Finance 2,163.22 118.78 5.81
Non Life Insurance 14,139.20 5.63 0.04
Manu.& Pro. 5,963.53 57.09 0.97
Others 2,155.50 18.31 0.86
Microfinance 5,169.96 47.6 0.91
Life Insurance 17,059.92 112.48 0.66
Mutual Fund 15.24 0.09 0.61
Investment 105.86 2.39 2.21

कारोवारका आधारमा नेपाल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३० करोड ४२ लाख ५८ हजार १९२ बराबरको कारोवार भयो । त्यस्तै, एनएलजी इन्स्योरेन्स रु २१ करोड ६९ लाख ९४ हजार ८०२, नेशनल हाइड्रोपावर रु १८ करोड ७६ लाख २६ हजार ४७०,नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ७६ लाख तीन हजार ३१२ र ज्योति विकास बैंक रु १३ करोड ८१ लाख ९० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । उता, एचआइडिसिएल ४.२८, खानीखोला हाइड्रोपावर ३.३५, गणपति माइक्रोफाइनान्स ३.२६, सबैको लघुवित्त २.९५ र सोल्टी होटलका लगानीकर्ताले २.६४ प्रतिशतले गुमाएका छन् ।

t Change % Change
As of 2021-06-30 15:00:00
PFL 605.00 55.00 10.00
CFCL 386.00 35.00 9.97
NFS 479.00 43.00 9.86
MPFL 349.00 31.00 9.75
PROFL 340.00 30.00 9.68
BFC 359.00 26.00 7.81
ICFC 540.00 39.00 7.78
KRBL 322.00 22.00 7.33
SIFC 402.00 27.00 7.20
GMFIL 460.00 28.00 6.48

 

Share Now

Leave a comment.