काठमाडौं, १३ भाद्र । मनसुनको समय उत्तरार्धतिर लाग्ने समय आउन लाग्दा नेपालभर बर्षा हुन थालेको छ । राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा हिजो बेलुकादेखि अविरल वर्षा भैरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख भए अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले दिउँसो देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित भारी सम्भावना रहेको उसले जनाएको छ ।
त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ सोमबार भदौ १४ गतेको पूर्वानुमान
दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी–धेरै भारी सम्भावना रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ मंगलबार भदौ १५ गतेको पूर्वानुमान
दिउँसो देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।
बाढीसंग सतर्कता अपनाउन आग्रह
यसैबीच जल तथा मौसम विज्ञान विभाग अन्तरगत कै बाढी पूर्वानुमान महाशाखाले एसएमएस सन्देश दिंदै पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगास्थित बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेकोले बाणगंगा, गुडुङ लगायतका स(साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन सजग गराएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान प्रकाशित गरेको बुलेटिनमा आज नारायणी नदी तथा तिनका सहायक नदी, पूर्वी राप्ती, तिनाउ नदीमा जलसतह बढ्न गई मध्यम स्तरको जोखिम रहने र कोशी,कर्णाली,महाकाली र तिनका सहायक नदीसहित पश्चिम राप्ती र बबईमा जल सतह सतर्कता तहभन्दा तलै रहने जनाएको छ ।
बाढी महाशाखाले ताप्लेजुड., संखुवासभा,सोलखुम्बु,दोलखा,रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक,मकवानपुर,पर्वत,स्यांग्जा,तनहुँ,नवलपुर,नवलपरासी,पाल्पा,रुपन्देही,गुल्मी,अर्घाखाँची,प्युठान,सल्यान,दैलेख र जाजरकोट जिल्लामा बर्षा हुन गई त्यहाँ बग्ने खोलानाला, नदीहरुमा जलसतह मध्यम स्तरले बढ्ने र आकास्मिक बहाब हुन जानसक्ने संभावना भएकोले सतर्क रहन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार प्रदेश १को झापा,मोरड.,सुनसरी,उदयपुर,ओखलढुंगा, खोटाड.,भोजपुरमा बर्षा हुन गई नदी नाला बढ्न सक्ने भएकोले सतर्कता अपनाउन सजग गराइएको छ भने पर्सा,सर्लाही,धनुषा र महोत्तरीमा पनि बर्षाका कारण नदीनाला बढ्ने र डुबान हुन सक्ने जोखिम देखाइएको छ ।
महाशाखाले बाग्मतीको रसुवा,धादिड.,नुवाकोट,सिन्धुली र चितवन तथा गण्डकीको बाग्लुड. म्याग्दी र कास्कीमा पनि बर्षा बढ्ने भएको सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै लुम्बिनीको कपिलवस्तु,दाड.,बाँके,बर्दिया र रोल्पा तथा कर्णाली प्रदेशको सुर्खेत,जुम्ला,कालिकोट अनि सुदूरपश्चिम प्रदेशको अछाम डोटी,कञ्चनपुर र कैलाली जिल्लामा बर्षा हुने भएकोले ती जिल्ला आसपास भई बग्ने खोलानाला, नदीहरु बढ्ने भएकोले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।


















