Prakash Adhikari August 29, 2021

काठमाडौं, १३ भाद्र । नेपालमा एक मात्रा मात्र कोभिड खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोभिड १९ सङ्क्रमणको दोस्रो राष्ट्रिय सीरोप्रिभलन्स सर्भेमा देशभरिका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरूलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्म १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो।

सर्वेक्षणले देशभरिका ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टीबडी देखाएको मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टीबडी देखिएको छ”, विज्ञप्तिमा लेखिएको छ।

सीरोप्रिभलन्स सर्भेमा रगत परीक्षण गरेर कतिमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको रहेछ भन्ने थाहा पाउन सकिने विज्ञहरू बताउँछन्।

 

Share Now

Leave a comment.