Prakash Adhikari February 26, 2018

काठमाडौं, १४ फागुन । सुव्यवस्थित र व्यवसायिक रुपमा सञ्चालन हुँदै आएको नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकतालार्ई गत आर्थिक बर्षको मुनाफाबाट ७० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८दशमलव ५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड नाघ्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसको प्रति सेयर आम्दानी १८स् ०६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २७२।९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १,७४७ ।-रुपैयाँ छ ।

 

Share Now

Leave a comment.