Prakash Adhikari February 26, 2018

शितल निवास(काठमाडौं), १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको क्याबिनेट विस्तारमा ४ जना मन्त्री थपेका छन् ।

थपिएका मन्त्रीहरुमा दुई जना एमालेका र दुई जना माओवादी केन्द्रका रहेका छन् ।

आज मन्त्रिपरिषद्लार्ई पूर्णता दिने भनिएता पनि संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने प्रयास सकारात्मक दिशामा रहेकोले अहिले एमाले र माओवादी केन्द्रबाट दुईदुई जनालाई सरकारमा सहभागी गराइने निर्णय गरिएको बालुवाटार स्रोतले बताएको छ ।

आज विस्तारित मन्त्री मण्डलमा माओवादी केन्द्रका रामबहादुर बादललाई गृह मन्त्रालय र मातृकाप्रसाद यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी ताकिएको छ भने एमालेका तर्फबाट रक्षा मन्त्रीमा इश्वर पोखरेल नियुक्त भएका छन भने अर्थ मन्त्रालयको जिम्मेवारी डा. युवराज खतिवडाले पाएका छन् ।

नवनियुक्त चारै जना मन्त्रीहरुलाई राष्टपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा आलेले सोही दिन शपथ लिएका थिए । सोही दिन मन्त्री शिफारीस भएका लालबाबु पण्डित र थममाया थापाले पनि शपथ ग्रहण गरी संगै कार्यभार
सम्हालेका थिए ।

सोमबारको विस्तार संगै ओली मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।

Share Now

Leave a comment.