Prakash Adhikari October 21, 2021

हेटौंडा(मकवानपुर), ४ कात्तिक (रासस)।  बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्नेभएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ ।

नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ ।

सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.