Prakash Adhikari November 8, 2021

शारजहाँ(युएई), २२ कार्तिक । टी २० विश्वकप अन्तरगतको सुपर १२ मा समूह चरणको आफ्नो अन्तिम खेलमा प्रतिद्धन्द्धि स्कटल्याण्डलाई ७२ रनको विशाल अन्तरले पराजित गर्दै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर१२ चरणमा लगातार पाँचौ जित दर्ता गर्दै पाकिस्तान समुह ‘२’ को विजेताको रुपमा र न्युजिल्यान्ड समुह ‘२’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेका छन्।

आइतबारको खेलमा समूह विजेता र उपविजेता छुट्टिए संगै सेमिफाइनलको खेलको समिकरण स्पष्ट भएको छ ।पाकिस्तानले सेमिफाइनलमा समुह ‘१’ को उपविजेता अस्ट्रेलियासंग नोभेम्बर ११ तारिखमा प्रतिस्पर्धा गर्नेछ भने पहिलो सेमिफाइनलमा समुह ‘१’ को विजेता इंग्ल्यान्डले समुह ‘२’ को उपविजेता न्युजिल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ।

फाइनल खेल नोभेम्बर १४ तारिखमा दुबईमा खेलिनेछ।

युएईको शारजाह स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले पूरै २० ओभर ब्याटिंग गरेर ६ विकेट क्षतिमा १ सय १७ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डको लागि रिचि बेरिंगटनले ५४ रन बनाए भने जर्ज मुनसेले १७ तथा माइकल लिस्कले १४ रन बनाए। त्यस्तै कायल कोट्जरले ९,म्याथु क्रसले ५,क्रिश ग्रिभासले ४ र मार्क वाटले २ रन जोडे ।

स्कटल्याण्डलाई रोक्ने क्रममा पाकिस्तान बलर शदाव खानले २ विकेट लिए भने शाहिन अफ्रिदी, हसन अलि र हरिस रौफले समान एक एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट क्षतिमा १ सय ८९ रन बनाएको थियो। खेलमा पाकिस्तान कप्तान कप्तान बाबर आजमले ६६ रन बनाए । यस्तै शोयब मलिकले अविजित ५४ रन बनाए। मोहम्मद हफिजले ३१ तथा मोहम्मद रिजवानले १५ रन बनाए।

पाकिस्तानलाई रोक्ने क्रमम स्कटल्याण्डका बलर क्रिस ग्रिभ्सले २ विकेट तथा हम्जा ताहिर र सफ्यान सरिफले समान एक एक विकेट लिए।

 

 

 

Share Now

Leave a comment.