Prakash Adhikari January 11, 2022

काठमाडौँ , २७ पौष । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभएको छ ।

अन्य कुनै प्रकारको लक्षण नदेखिएकोले उहाँ घरमै आइसोलेटेड भएर बस्नुभएको छ ।

यस पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देबेन्द्र पौडेल लगायतलाई कोरोना संक्रमण भैसकेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवामा भने संक्रमण नदेखिएको बताइएको छ । हिजो आएकोे उहाँको स्वाब परीक्षणको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको उहाँको सचिवालयले जनाएको छ ।

 

Share Now

Leave a comment.