Prakash Adhikari January 15, 2022

काठमाडौं, १ माघ । नेपाल कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री डा.प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

उहाँ अहिले घरमै आइसोलेशनमा रहेर स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

गत शनिवार टोखा जेसिसको कार्यक्रममा सहभागी भएर आएपछि उहाँमा सामान्य रुघा खोकी देखिएको थियो ।

गत बुधबार स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टी भएपछि उहाँ घरमा भेटघाट बन्द गरी आइशोलेसनमा बस्नुभएको छ ।

उहाँले गत शनिवार यता आफ्नो सम्पर्कमा आउनुभएका सबैलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध गर्नुभएको छ ।

Share Now

Leave a comment.