
बुटबल(रुपन्देही), २६ फागुन । नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलको नेता चुन्न तय भएको निर्वाचन तेस्रो पटक सरेको छ।
शनिबारका लागि तय भएको निर्वाचन सांसदहरूले आउन नसक्ने बताएपछि स्थगित गरिएको निर्वाचन समितिका संयोजक डा। बुद्धबहादुर थापाले जानकारी दिए।
दलको नेताका लागि बलदेव शर्मा पोखरेल, वीरबहादुर राना, डिल्ली चौधरी, वीरेन्द्र कनौडिया र फकरुद्दिन खाँको उम्मेदवारी परेको छ। फागुन १४ मा निर्वाचन गर्ने भनिए पनि संसद् बैठक स्थगित भएकाले संसद् बैठकको अघिल्लो दिन फागुन २६ गते निर्वाचन गर्ने टुंगो लागेको थियो।
संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रदेशसभा बैठकअघि हुने जनाइएको छ।