आइसीसी विश्वकप लिग २ : नेपालद्धारा पपुवा न्युगिनी दुई विकेटले पराजित ; रोहित बने ‘प्लेअर अफ द म्याच’
शारजहाँ(युएई), २ चैत्र । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) विश्वकप लिग २ को छनोट खेल अन्तरगत भएको आजको खेलमा नेपालले अंकतालिकाको पुछारमा रहेको टोली पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको छ।
युएईको शारजाह क्रिकेट स्टेडियम भएको खेलमा टस हारेर फिल्डिड.मा परेको नेपाललाई पपुवा न्युगिनीले २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालको सुरुआत निकै निराशाजनक रह्यो । ओपनर कुशल भर्तेललाई नेपालले दोस्रो ओभरको पहिलो बलमा नै गुममाये । उर्नी १ रन दाजोडेको अवस्थामा आउट हुन पुगे । त्यस पछि व्याटिड.मा आएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ४ रनमै आउट भए । उनी नर्मन भानुआको बलमा एलबीडब्लु धरापमा परे।
पछिल्लो समय निकै भरपर्दो ब्याटिङ गर्दै आएका दीपेन्द्र सिंह ऐरी ९.२ ओभरमा आउट भएपछि नेपाल २४.३ को खराब स्थितिमा पुगेको थियो।
८ रन बनाएर खेलिरहेका ऐरीलाई राइली हाकुरेले लिए नाओबाट क्याच गराएका थिए।
१५ औँ ओभरमा असाद भालाको बलमा अर्का ओपनर आसिफ शेख पनि १६ रन जोडेको अवस्थामा विकेट किपरबाट स्टम्पिङ भएका थिए।
त्यसपछि क्रिजमा पौडेल र शेखले सम्हाले। आरिफ शेख र रोहित पौडेलले पाँचौँ विकेटको लागि १ सय २ रनको शतकीय साझेदारी गरेपछि टोलीले चार बल बाँकी छँदै जित पक्का गरेको हो।
ओडीआईमा कुनै पनि नेपाली जोडीले गरेको यो पहिलो शतकीय साझेदारी पनि हो।
खेलमा पौडेलले अर्धशतकीय पारी पनि खेले। पौडेलले ८२ बल खेलेर ओडिआईमा पहिलो पटक ५८ रन बनाए । शेखले ८४ बलमा ५३ रन बनाए।
उनीहरूले ४२ रनको स्थितिबाट खेललाई १४४/६ मा पुर्याएका थिए।
यसले नेपाल हारको सङ्घारबाट माथि आएको थियो। तर खेलको रोमाञ्च भने अन्तिम समयसम्म रह्यो।
विनोद भण्डारी १२ र सोमपाल कामी ८ रनमा आउट भएपछि खेल अन्तिम ओभरमा पुगेर टुङ्गियो।
करण केसीले महत्त्वपूर्ण समयमा २५ बलमा अविजित ३३ रन बनाएपछि खेलको नतिजा नेपालको पक्षमा आयो।

केसीले २ छक्का र १ चौका प्रहार गरे। २ सय ५ रनको लक्ष्य पाएको नेपालले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा २ सय ८ जोड्यो ।
नेपाललाई रोक्ने क्रममा पपुवाका नर्मन भानु,अलेई नाओ र रिले हाकुरेले २ । २ तथा चाड सुपर र असद भालाले १ । १ विकेट लिए ।
पपुवा न्यूगिनीको ब्याटिङ
यसअघि टस जितेर ब्याटिङ लिएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो।

टोलीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रनको योगदान गरेका थिए भने चाद सोपरले ३५ रनको योगदान दिएका थिए।
टोलीलाई चुनौतीपूर्ण लक्ष्यसम्म पुर्याउन पाँचौँ विकेटका लागि अमिनी र चाद सोपरको ७५ रनको साझेदारी महत्त्वपूर्ण बन्यो।
यो जोडीले २४.४ ओभरमा ९१।४ को धरमराउँदो अवस्थाबाट टोलीलाई उकासेका थिए।
पपुवा न्युगिनीलाई रोक्न नेपालका तेज गतिका बलर सोमपाल कामीले ३ विकेट, कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले १ ।१ विकेट लिए। दुई विपक्षी रनआउट भए थिए।
मल्लको ओडीआईमा यो पहिलो विकेट हो।
ढकालको डेब्यू
बायाँ हाते युवा स्पिनर सागर ढकालले पपुवा न्यूगिनीविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा राष्ट्रिय टोलीमा डेब्यू (पहिलो खेलमा उत्रिनु) गरेका छन्।
उनी ओडिआई डेब्यू गर्ने २८ औँ नेपाली खेलाडी हुन्।
काठमाडौंमा गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) मा चितवनलाई उपाधि दिलाउने क्रममा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी भएपछि उनी प्रशिक्षक पुबुदु दशानायकेको रोजाइमा परेका थिए।
ढकालले अघिल्लो महिना ओमानविरुद्धको खेलबाट टी २० आईमा डेब्यू गरिसकेका छन्।
उमेर समूहको प्रतियोगिताहरूमा ढकालले राम्रो प्रदर्शन गर्दै आएका छन्।
सन्दीप लामिछानेले पपुवा न्यूगिनीसँगको खेलबाट ओडिआईमा “डेब्यू कप्तानी”को अवसर पाए।


















