
काठमाडौं, १० चैत । चिनियाँ विदेश मन्त्री वाङ् यी भारत भ्रमण रद्द गरेर अफगानिस्तानको काबुल पुग्नुभएको छ ।
उहाँ पाकिस्तानको इस्लामावादबाट अफगानिस्तान प्रस्थान गर्नुभएको हो ।
काबुलबाट वाङ् शुक्रबार नेपाल आउनुहुने छ । यसअघि वाङ् यीले भारतको पनि भ्रमण गर्ने कार्यतालीका थियो.। तर पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक हुनुभयो ।
भारतले जम्मु कश्मिरसँग जोडिएको मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यस बारेमा नबोल्न चीनसहितका देशलाई चेतावनी दिएको थियो ।
त्यसैकारण वाङ भारत नआइ काबुल गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लद्दाख आसपासका क्षेत्रमा भारत र चीनबिच सीमा विवाद पनि छ । वाङको भारत भ्रमणका बेलामा यो सीमा विवादबारे पनि छलफल गर्ने तय थियो ।
भारत र चीनबिच दशकौंदेखि यो सीमा विवाद रहदै आएको छ ।