Prakash Adhikari March 24, 2022

काठमाडौं, १० चैत्र । ‘क’ वर्गको बाणिज्य बैंक मेगा बैंक लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखाहरु विस्तार गरेको हो ।

योसँगै मेगा बैंकको शाखा सञ्जाल २ सय ७ पुगेको छ ।

अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।

Share Now

Leave a comment.