
सानेपा(ललितपुर), १० चैत्र । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापालाई जिम्मेवार बनाउदै जाने चासो देखाउनुभएको छ ।उहाँले “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र लेख्ने समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिनुभएको छ ।
उहाँले फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकमा मनोनयन गर्नुभएको हो ।
यस पहिले एमसीसी जस्तो महत्वपूर्ण राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दलका नेता के.पी.ओलीसंग वार्ता गर्ने टिममा पनि उहाँले थापालाई सामेल गर्नुभएको थियो ।