Prakash Adhikari April 26, 2022

काठमाडौं, १३ बैशाख । स्थानीय तह निर्वाचन अन्तरगत आज उम्मेदवारका विरुद्ध दाबी विरोधको उजुरी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि हिजो सोमबार र अस्ति आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो ।
आयोगले १४ र १५ गते मनोनयन पत्र र उजुरीबारे जाँच गरेर १५ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने छ।

तालमेल,सहमति वा स्वेच्छाले पछि हट्न चाहनेले १६ गते उम्मेदवारी फिर्ता लिन सक्ने छन्।

त्यही दिन निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र भोलिपल्ट १७ गते उनीहरूलाई चुनाव चिन्ह प्रदान गर्ने तालिका छ।

उम्मेदवारको संख्या १ लाख ४५ हजार २ सय ६९

देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ४५ हजार २ सय ६९ पुगेको छ ।

निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ४५ हजार २ सय ६९ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम जारी छ ।

देशभरका २ सय ९३ नगरपालिकामा ३ हजार २ सय ६१ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ३ जनाको मनोनयन परेको छ ।

यस्तै ४ सय ६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २ सय ५४ जनाको मनोनयन परेको छ । २ हजार २ सय ९२ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

गाउँपालिका र नगरपालिकामा भएको सबै उम्मेद्वारी जोडेर हेर्ने हो भने अध्यक्ष तथा प्रमुख (मेयर) पदमा परेको उम्मेद्वारीको संख्या ६ हजार ५ सय १५ पुग्छ । त्यस्तै उपाध्यक्ष तथा उपप्रमुख (उपमेयर) पदमा परेको उम्मेद्वारी ४ हजार २ सय ९५ पुग्छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार वडा अध्यक्षमा ३२ हजार ५९ जनाले, महिला सदस्यमा ३२ हजार ३ सय ७५जनाले, दलित सदस्यमा २१ हजार १ सय १५ जनाले र खुला सदस्यमा ४८ हजार ९ सय १० जनाले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहका ३५ हजार २ सय २१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।

पहिलो दिन वैशाख ११ गते करिब ११ हजारले उम्मेदवारी दर्ता गराएका थिए भने दोस्रो दिन १ लाख २४ हजार बढीले गराएका थिए । दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराएकोले उम्मेदवारीको संख्या बढेको हो ।

स्थानीय तहका ३५ हजार २ सय २१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।

सायद 'पद प्रमुख मनोनयन दर्ता (136269) अध्यक्ष उपप्रमुख उपाध्यक्ष उम्मेदवार 3261 वडा अध्यक्ष 3254 महिला सदस्य 2003 दलित महिला सदस्य सदस्य 2292 32059 23375 21115 48910' भन्ने पाठ को तस्बिर हुनसक्छ

 

Share Now

Leave a comment.