Prakash Adhikari April 27, 2022

 

काठमाडौं, १४ बैशाख । विदेशी मुद्रा सञ्चिती जोगाउन र सरकारले १० प्रकारका विलासी सामान आयातमा रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको विवरणअनुसार विलासी उपभोग्य वस्तु भित्र्याउन असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाइएको हो।

तर विलासी सामान भनेपनि त्यसमा भारतबाट आयात हुने कुरकुरे,कुरमुरे र लेजजस्ता खाद्य सामग्री पनि परेका छन् ।

 

यस्ता छन् आयातमा रोक लगाइएको वस्तुको सूची

१.कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इन्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

तर कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ। यस्तै वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू नहुने जनाइएको छ।

Share Now

Leave a comment.