Prakash Adhikari June 5, 2022

 

काठमाडौं, २२ जेठ । नेकपा एमाले अब अभिव्यक्ति स्वतन्त्रता नभएको कथित लोकतन्त्रवादी पार्टीमा रुपान्तरित हुन थालेको छ ।

सो पार्टीका अध्यक्ष के.पी. शर्मा ओली सरकारमा रहदा अधिनायकवादी शैलीमा चल्न खोज्नुभएको थियो । संविधान विपरित दुई दुईपटक संसद विघटनको प्रयास गर्नुको कारण नै राज्ययन्त्रको दुरुपयोग गरी संसदमा दुईतिहाई जित्ने र आफ्नो नायकत्वमा कम्युनिष्ट शैलीको शासन चलाउने ध्येय थियो ।

अन्य दलको संयुक्त प्रयास, संविधानको अक्षर र भावना तथा सर्वोच्च अदालतले संविधान अनुरुप प्रतिनिधिसभाको पुनःस्थापना गरिदिएपछि उहाँको मनसुबा पूरा हुन नपाए पनि आफ्नो पार्टीलाई भने उहाँले निरंकुश शैलीमा बढाउन खोज्नुभएको छ ।

यसको ज्वलन्त प्रमाणमा पार्टीमा फरक मत राख्ने युवा नेता घनश्याम भुसाललाई अनुशासनको डण्डा बर्षाउने तयारीलाई लिन सकिन्छ ।

पार्टीका पूर्व उपमहासचिव तथा वर्तमान स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ ।

आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिएको छ

 

भुसालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टीले स्थानीय चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने सुझाव दिनुभएको थियो ।

जेठ १८ गते बसेको अनुशासन आयोगको सचिवालय बैठकले सुरुमा उहाँलाई स्पष्टीकरण सोध्ने तयारी गरेको थियो । तर माथिको निर्देशनपछि कारबाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय भयो ।ु

आयोगका अध्यक्ष केशव बडालले शिफारिस पत्र लेखेको पुष्टि गर्दै भन्नुभएको छ, “आएको उजुरीको आधारमा वा सार्वजनिक ढंगले व्यक्त गरेका र आयोगले देखेको विषयहरुको बारेमा आयोगले अध्ययन गर्छ र केन्द्रीय कमिटीलाई पत्र लेखेर पठाउँछ । पार्टीको सदस्य रहुञ्जेल कसैले पनि पार्टीको दर्शन, मूल्य, मान्यता, सिद्धान्त र महाधिवेशन लाइनको विरुद्धमा बोल्न पाइँदैन ।”

Share Now

Leave a comment.