Prakash Adhikari July 16, 2022

 

सानेपा(ललितपुर), ३२ आषाढ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बीपीनगर सानेपा ललितपुरमा पनि बस्दैछ।

गत सोमबारदेखि जारी बैठक शुक्रबार संसदमा उपसभामुख निर्वाचनका कारण बैठक स्थगित भएको थियो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरु र पुर्वपदाधिकारीहरुले बोलिसकेका छन् ।

स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलपलका लागि बसेको बैठकमा शनिबार पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पदाधिकारीसहित पार्टी सभापति देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि पार्टी बैठक समाप्त हुने बताइएको छ ।

Share Now

Leave a comment.