Prakash Adhikari August 3, 2022

 

ताइपेइ(ताइवान), १८ श्रावण(बीबीसी) । अमेरिकाको राजनीतिमा चर्चा नहुने लैङ्गिक अल्पसङ्ख्यकको अधिकारबारे पलोसीले वकालत गर्ने व्यक्ति हुनुहुन्छ, न्यान्सी पेलोसी । उहाँलाई सानातिना विवादले छुँदैन । चीनविरुद्ध जस्तो सुकै कडा कदम चाल्न पनि उहाँ पछि पर्नुहुन्न ।

अमेरिकी सभामुख न्यान्सी पलोसीको राजनीतिक यात्राबारे जानकार मानिसहरूका लागि उहाँको विवादास्पद ताइवान भ्रमण कुनै आश्चर्यको विषय नहुन सक्छ।

अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसीले आफ्नो ४० वर्षे सार्वजनिक सेवा अवधिमा चीनप्रति प्रायः आलोचनात्मक धारणा राख्दै आउनुभएको छ।

सन् १९९१ मा अकस्मात् बेइजिङ पुगेर तियान्आन्मेन नरसंहारका पीडितको समर्थनमा ब्यानर देखाउँदा चिनियाँ अधिकारीहरू उहासंग आक्रोशित भएका थिए।

चिनियाँ सुरक्षाकर्मीहरूले प्रजातन्त्रवादी प्रदर्शनकारीहरूमाथि दुई वर्षअघि आक्रमण गरेको स्थानमै उभिएर उहाँले त्यसो गर्नुभएको थियो।

https://twitter.com/danedame54/status/1554161407251431426

यस्ता केही घटनाक्रमले उनले चीनबारे राख्दै आएको अडानको सङ्केत गर्छन्।

पलोसी अहिले उनी ८२ वर्ष पुग्नुभएको छ।

उहाँ चीनको कम्युनिस्ट शासनकी खरो आलोचक हुनुहुन्छ।

चीनसँग उनको सम्बन्ध विवादास्पद रहनुमा निर्वासित तिब्बती नेता दलाइ लामासँग उहाँको नजिकको सम्बन्ध पनि हो।

अमेरिका र चीन दुवैलाई चिन्तित बनाउने भ्रमण

चीनले अल्पसङ्ख्यक उइगर र अन्य मुस्लिम समुदायमाथि गरेको दमनलाई गत वर्ष अमेरिकाले ‘नरसंहार’ को सङ्ज्ञा दिएको थियो। उक्त दमनलाई औपचारिक रूपमा नरसंहार घोषणा गर्नुमा पलोसी एक मुख्य उत्प्रेरक हुनुहुन्थ्यो।

“व्यापारिक हितका कारण यदि तपाईँ चीनमा मानवाधिकारको स्थितिबारे कुरा उठाउन सक्नुहुन्न भने तपाईँसँग कुनै पनि ठाउँका बारेमा बोल्ने नैतिक अधिकार रहँदैन”, पलोसीले समाचार वेबसाइट पलिटिकोलाई जुलाई २८ मा दिएको अन्तर्वार्तामा भन्नुभएको छ।

उहाँ सन् १९९७ पछि ताइवान भ्रमण गर्ने वरिष्ठतम् अमेरिकी अधिकारी हुनुहुन्छ।

उहाँको भ्रमणले केवल बेइजिङलाई विचलित मात्रै बनाएको हैन उहाँको देशमा पनि चिन्ता बढाएको छ।

पलोसी

पलोसी: पलोसीको ताइवान भ्रमण गर्ने योजनाप्रति अमेरिकी राष्ट्रपति बाइडन आलोचनात्मक देखिनुभएको थियो ।

त्यस्तो भ्रमण ‘उपयुक्त नहुने’ धारणा अमेरिकी सेनाको भएको अमेरिकी राष्ट्रपति जो बाइडनले जुलाई २२ मा बताउनुभएको थियो।

उहाँको भ्रमणलाई बेइजिङले उत्तेजना बढाउने कदमको रूपमा बुझ्ने चिन्ताबारे राष्ट्रपति बाइडन सचेत देखिनुभएको थियो।

सार्वजनिक रूपमा भ्रमण पक्का नगरेको भए पनि पलोसीले त्यसबारे प्रतिक्रिया दिइहाल्नुभयो।

“मेरो विचारमा अहिले ताइवानप्रति हामीले समर्थन देखाउनु महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो।

Map
राजनीतिक जीवन
सन् १९४० मा जन्मिनुभएकी पलोसी अमेरिकाको बाल्टिमोरका पूर्वनगरप्रमुख थोमस दाुलेसान्द्रोकी छोरी हुनुहुन्छ। उहाँले १२ वर्षको उमेरमै डेमोक्र्याटिक पार्टीको सम्मेलनमा भाग लिनुभएको थियो।

उहाँले २० वर्षको हुँदा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको पदबहाली सभामा सहभागी हुने अवसर पाउनुभयो।

राजनीतिमा उहाँको प्रारम्भिक संलग्नता नेपथ्यमा सीमित थियो। उहाँले क्यालिफोर्निया राज्यमा डेमोक्र्याटिक पार्टीको निर्वाचन अभियान चलाउने र आर्थिक सहयोग जुटाउने काम गर्नुभयो।

पलोसी

पलोसी: पलोसी सन् १९८७ मा सांसद निर्वाचित हुनुभयो ।

उहाँका पति पल पलोसी वित्त व्यवस्थापक हुनुहुन्थ्यो । पाँच सन्तानमध्ये कान्छी छोरी विश्वविद्यालय पढ्ने भएपछि मात्रै उहाँ ४७ वर्षको उमेरमा सांसदका लागि उम्मेदवार बन्नुभयो।

सान फ्रान्सिस्कोकी सांसद साला वर्टनले आफ्नो निधनअघि उत्तराधिकारी बन्न आग्रह गरेपछि पलोसी संसद्को चुनावमा उठ्नुभएको थियो।

पलोसीले सन् १९८७ मा चुनाव जित्नुभयो त्यसयता अमेरिकी कङ्ग्रेसमा सन फ्रान्सिस्कोका क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आउनुभएको छ।

प्रथम महिला सभामुख
संसद्‌को सभामुखमा उहाँको यो तेस्रो कार्यकाल हो। यो भूमिका अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो वरीयतामा पर्छ। पलोसी अमेरिकाको सभामुख बन्ने प्रथम महिला हुनुहुन्छ ।

तर उहाँको राजनीतिक जीवनयात्रामा चीनको विषय मात्र हाबी छैन।

उहाँले सन् २००३ को इराक युद्धको सार्वजनिक आलोचना गर्नुभयो। सन् १९८० र ९० को दशकमा उनले लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका पक्षमा आवाज उठाइन्। त्यतिबेला अमेरिकामा ती विषयहरू मूलधारको राजनीतिबाट धेरै टाढा थिए।

पलोसी

महिलाहरूले गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने गत जुनको अमेरिकी सर्वोच्च अदालतको निर्णयको पनि उहाँ आलोचक हुनुुहुन्थ्यो।

“आज अमेरिकीहरूले उनीहरूका आमाहरूभन्दा कम स्वतन्त्रता पाएका छन्”, उहाँले अदालतको घोषणापछि भन्नुभएको थियो, “यो निर्णय गालामा थप्पड हो।”

तर उहाँको राजनीतिक यात्रा चिनियाँ कम्युनिस्ट शासकहरूको विरोधको पर्यायजस्तै बनेको छ। अहिलेको उहाँको ताइवान भ्रमणले त्यो धारणालाई अझ बलियो बनाएको छ।

 

Share Now

Leave a comment.