Prakash Adhikari August 3, 2022

 

काठमाडौं, १८ श्रावण । नेपालको शेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । बुधबार नेपालको धितोपत्र बजार परिसूचक नेप्से ६.७१ अङ्कले झरेर २१८६. ७७ बिन्दुमा आइपुगेको छ ।

यस दिन २ सय १८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४ सय ३९ रुपियाँ बराबरको कारोबार भएको छ ।मङ्गलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बुधबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइ वर्गीकरणमा परेका १३ उपसमूहमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ ।

सरकारात्मक बृद्धि भएका उपसमूहमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले र म्युचुअल फण्ड ०.२२ प्रतिशतले बढेका छन् ।

Sub-Indices Current Points Change %Change
Banking 1,422.45 9.9 0.69
Trading 2,359.43 86.68 3.81
Hotels And Tourism 2,942.60 14.85 0.5
Development Bank 3,999.86 23.6 0.59
HydroPower 2,650.34 42.7 1.64
Finance 1,979.63 2 0.1
Non Life Insurance 8,551.16 85.55 0.99
Manu.& Pro. 5,580.38 13.18 0.24
Others 1,621.37 20.28 1.24
Microfinance 4,979.29 7.26 0.15
Life Insurance 10,197.27 73.72 0.72
Mutual Fund 14.91 0.03 0.22
Investment 74.00 0.19 0.26

 

नेप्से परिसूचक घटेको यस दिनसामलिङ्ग पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । यस्तै रिभरफल्स पावर,न्यादी,हिमालयन बैंक,सिभिल लघुवित्त, नारायणी विकास बैं र युनियन हाइड्रो पावरको शेयर मूल्य पनि अघिल्लो कारोबार दिनको भन्दा बढेको छ ।

 

Top Gainers

Symbol LTP % Change
As of 2022-08-03 14:59:59
SPC 615.70 9.99
BHL 329.70 9.97
UMRH 849.90 8.96
SFCL 329.00 8.76
RFPL 299.00 6.79
NYADI 366.00 6.40
HBL 353.00 6.33
CLBSL 977.00 5.62
NABBC 469.80 5.57
UNHPL 274.10 5.42
View All

यस दिन स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर मूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । यस दिन शेयर मूल्य बढी गुमाउने कम्पनीहरुमा युनाइटेड इन्स्योरेन्स, एसबीआई बैंक, नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स,प्राइम बैंक, शिभम् सिमेण्ट् र नेष्डो लघुवित्त रहेका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2022-08-03 14:59:59
SCB 456.00 -3.92
GFCL 589.10 -3.43
BNT 13,623.00 -3.38
UIC 426.00 -2.96
SBI 305.00 -2.87
NLG 549.80 -2.52
IGI 459.00 -2.32
PCBL 255.00 -2.30
SHIVM 809.00 -2.29
NESDO 3,060.00 -2.24
View All

बुधबार सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट शीर्षमा रहेको छ । उसको २५ करोड ३४ लाख रुपियाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपियाँ बराबारकोे शेयर कारोबार भएको छ । अन्य कम्पनीहरुमा हिमालयन डिष्टिलरी, हिमाल दोलखा हाइड्रोपावर, युनाइटेड इदिमर्दी हाइड्रो, युनिभर्सल पावर,कुमारी बैंक,नबिल बैंक, अरुणभ्याली हाइड्रो पावर र जलविद्युत लगानी तथा विकास कम्पनी मुख्य रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-08-03 14:59:59
SHIVM 253,430,670.30 809.00
API 151,724,829.70 288.80
HDL 116,312,281.80 4,022.00
HDHPC 113,308,569.80 264.00
UMRH 111,076,324.10 849.90
UPCL 86,674,114.40 281.00
KBL 86,259,814.50 216.70
NABIL 80,979,081.60 862.00
AHPC 76,653,037.70 399.00
HIDCL 72,974,627.10 236.70
View All
Share Now

Leave a comment.