काठमाडौं, १९ श्रावण । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको छ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलको बैठकले सो दिन चुनाव गर्ने सहमति गरेको हो।
त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ ।
गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।
बिहीबार (आज) बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने छ।
गठबन्धनमा आगामी फागुनसम्म निर्वाचन सार्नेबारे पनि कुरा भएको थियो।
तर मंसिर १० को समयावधिभित्र परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन तयारी भएको हो।
चुनाव घोषणा गरेपनि चुनावसम्म संसद भने रहन सक्ने छ ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिइसकेको छ।
तर संविधानविद्हरुबीच संसदको कार्यकाललाई लिएर विवाद देखिएको छ । डा.भीमार्जुन आचार्यसहितका केही संविधानविद्ले चुनाव घोषणासँगै संसदको आयु पनि सकिने तर्क गरिरहेका छन् ।
तर चुनावी मिति घोषणापछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार भने स्वतः कामचलाउमा परिणत हुनेछ।
यसअघि स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते एकै चरणमा भएको थियो ।


















