धुन्चे(रसुवा), ६ मंसिर । रसुवा जिल्लाबाट नेपाली कांग्रेसका नेता मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६ सय २१ मतले पराजित गर्नुभएको छ।
आचार्यले १८ हजार २ सय ३५ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा तामाङले ८ हजार ६ सय १४ मत ल्याउनुभएको छ।
रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार विकाश गलानले २ सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १ सय ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार टिकाप्रसाद देवकोटाले ७५ मत ल्याउनुभएको छ ।


















