Prakash Adhikari November 22, 2022

गाईघाट(उदयपुर), ६ मंसिर । प्रतिनिधि सभाको निर्वाचनमा प्रदेश १ मा नेकपा एमालेले खाता खोलेको छ । उदयपुर जिल्लाको क्षेत्र नं २ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना सकिएको छ। एमालेका उम्मेदवार रायमाझी १५ हजार २५१ मतसहित विजयी हुनुभएको छ।

यो क्षेत्रमा एमालेका रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको छ । खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामकुमार राईले १० हजार ३७९ मत प्राप्त गरेका छन्। राईको उम्मेदवारीकै कारण खतिवडा पराजित हुनुपरेको हो ।

२०७४ को निर्वाचनमा त्यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित हुनुभएको थियो।

यसपटक सत्ता गठबन्धनको भागबण्डामा खतिवडाले ठूलो जोडबल गरेर टिकट हात पारे पनि त्यसलाई विजयमा रुपान्तरण गर्न सक्नुभएन ।

प्रदेश १ का २८ प्रतिनिधि सभा सदस्यमध्ये एमाले र कांगेसले ९ । ९ स्थानमा अग्रता लिएको छन्। माओवादी चार, राष्ट्रिय स्वतन्त्र पार्टी दुई , राप्रपा र जनता पार्टीले एक एक स्थानमा अग्रता लिएका छन्।

Share Now

Leave a comment.