काठमाडौ,७ पौष । नेपाल वायुसेवा निगमले गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवाको काम खोस्ने हिमालय एयरलायन्सको प्रयास फेरि तुहिएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले हिमालय एअरलाईन्सलाई केही समय पहिले दिएको ग्राउन्ड ह्यान्डलिङको अधिकार खोसिदिएको छ ।
प्राधिकरणले हिमालय एयरलाइन्सलाई एक पत्र पठाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग प्रयोजनका लागि इक्यूमेन्ट यन्त्र उपकरण आदि व्यवस्थापन गर्न हाल स्थान उपलब्ध गराउने अवस्था नरहेको जनाएको छ ।
प्राधिकरणले स्थानाअभावलाई कारण देखाउदै गत भदौ २८ तथा असोज ४ गते मा प्रदान गरिएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अनुमति प्रमाणपत्र तथा त्यसको नवीकरण कार्य अर्को निर्णय नभएसम्मलाई स्थगन गरिएको जनाएको छ ।


















