Prakash Adhikari January 6, 2023

तानसेन(पाल्पा), २२ पौष । पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरुको ज्यान गएको हो । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस खुसार्ने निर गएराती १० वते तिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनु भयो । मृतक एकजानको पहिचान भएको छैन ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनाका घाईते १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.