कीर्तिपुर(काठमाडौं), २२ पौष । नेपाल टी २० लिग अन्तरगत आज भएका दुई खेलमा जनकपुर र विराटनगर विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टार्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिड. गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।
१ सय ६० रनको लक्ष्य पाएको लुम्बिनी अल स्टार्सले २० ओभरको खेलमा ७ विकेटको क्षतिमा जम्मा १ सय ३६ रनमात्र जोड््न सक्यो ।
लुम्बिनीका लागि अनिल साहले ३५,लाहिरु मिलन्थाले ३२, सुनिल धमलाले २७, गल्शन झाले १०, ह्यारी ट्याकरले ७, कुशल भूर्तेल र स्याड्ली भान स्कल्च्वीकले ५।५, योगेन्द्रसिंह कार्कीले ४ र इशान पाण्डेले २ रनको योगदान गरे ।
लुम्बिनीलाई रोक्ने क्रममा ट्रिभन ग्रिफिथले ३, समिउल्लाह शिनवारीले २ र अशन प्रियञ्जनले १ विकेट लिएका थिए ।
यस पहिले टस हारेर ब्याटिड. गरेको जनकपुरले २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।
जनकपुरका लागि क्याप्टेन ट्रिभन ग्रिफिथले ४७, शफरउद्दिन अशरफले ३४,खड्क बोहोराले २२, शमिउल्लाह शिनवारीले २०,दीलिपनाथले १०, अशन प्रियञ्जनले ८,मोहम्मद आदिल आलमले ७ र राजेश पुलामीले ५ रन बनाएका थिए ।
जनकपुरलाई रोक्न कुशल भूर्तेल र सागर ढकालले २।२,तथा प्याट ब्रोन र इशान पाण्डले १ । १ विकेट लिएका थिए ।
२८ औं खेलमा विराटनगरद्धारा फारवेष्ट पराजित
यस्तै आजै भएको दोस्रो खेलमा विराटनगर सुपर किंग्सले फारवेष्ट युनाइटेडलाई ३ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर व्याटिड. गरेको विराटनगरले फारवेष्टलाई १ सय ४८ रनको लक्ष्य दिएको थियो ।
तर २० ओभरको निर्धारित खेलमा फारवेष्टले ९ विकेटको क्षतिमा १ सय ४४ रनमात्र बनाउन सक्यो ।
फारवेष्टका लागि हसमतुल्लाह शाहिदीले ५८, उमेर अलीले २३,नूर अहमद र विनोद भण्डारीले १० । १०, भीम साकीले ९, करण के.सी.ले ८,देव खनालले ५, प्रकाश जैसी र मिलिन्दा श्रीबर्धनाले ३ । ३ रन जोडेका थिए ।
फारवेष्टलाई रोक्ने क्रममा विराटनगरका राज नारानले ३,सूर्य तामाड.ले २, नन्दन यादव र कियोन जोसेफले १।१ विकेट लिएका थिए ।
यस पहिले टस जितेर ब्याटिड. सम्हालेको विराटनगरले २० ओभरको खेलमा १ सय ४७ रन बनाएको थियो ।
विराटनगरका लागि हसन तलतले ५०, विवेक यादवले ३५, अर्जुन साउदले २२, रोहित पौडेलले २१, प्रदीप ऐरी ३, राज नानानले २ र गौरांशु शर्माले १ रनको योगदान दिए ।
विराटनगरलाई रोक्न फारवेष्टका उमैर अलीले २ तथा करण के.सी र दुर्गेश गुप्ताले १ । १ विकेट लिएका थिए ।