काठमाडौं, २४ पौष । नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित हुनुभएको छ ।उहाँ ३७ नम्बर सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक हुनुहुन्छ।
आफ्ना निकटतम प्रतिस्पर्धी जीएन भुसाललाई पराजित गर्दै सापकोटा अध्यक्ष हुुनुभएको हो। सापकोटा र भुसालबीच सहमतिको प्रयास विफल भएपछि चुनाब नै भएको थियो।
५० जना सदस्यमा चुनाव हुने परिस्थिति आउन नदिने ब्रोकरहरुले बताएका थिए। तर अन्तिम प्रयास पनि विफल भएपछि स्वस्थ्य प्रतिस्पर्धाबाटै अध्यक्ष निर्वाचित गरिएको हो।
एशोसिएसनको उपाध्यक्षमा सरिता अधिकारी चयन हुनुभएको छ।उहाँ ४१ नम्बर ब्रोकर लिन्च सेक्युरिटिजकी प्रबन्ध सञ्चालक हुनुहुन्छ।
यस्तै महासचिवमा फणिन्द्र ढकाल चयन हुनुभएको छ। उहाँ५२ नम्बर स्टक ब्रोकरका सञ्चालक हुनुहुन्छ।
एसोसिएसनका कोषाध्यक्षमा नासा सेक्युरिटिजका मदन पौडेल चयन हुनुभएको छ भने सचिवमा सुयोग अधिकारी ।
सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन हुनुभएको छ।