काठमाडौं, २४ पौष । भारत र नेपाल सरकारको पहलमा २५ सय टन युरिया मल भित्रिएको छ।
पहिलो चरणमा ल्याइने ३० हजार टन मलमध्ये २५ सय टन युरिया मल शनिबार वीरगञ्ज नाका भित्रिएको कृषि सामाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पूण्य प्रसाद उपाध्यायले जानकारी दिनुभयो।
उहाँका अनुसार बाँकी सबै मल १५ दिनभित्र आइसक्ने छ।
ुएउटा र्याकमा २५ सय टन मल अट्छ। बाँकी मल पनि अब १५ दिन भित्र आइहाल्छ,ु उहाँले भन्नुभयो।
भन्सारमा भित्रिएसँगै शहकारीमार्फत किसानलाई मल बाँडिने छ।
गत फागुनमा नेपाल र भारत सरकारबीच पाँच वर्षका लागि जिटुजीमार्फत् मल ल्याउन समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
सम्झौताअनुसार पहिलो वर्ष १ लाख टन युरिया र ५० हजार टन डिएपी, दोस्रो वर्ष १ लाख १० हजार टन युरिया र ६० हजार टन डिएपी, तेस्रो वर्ष १ लाख १५ हजार टन युरिया र ८० हजार टन डिएपी, चौथो वर्ष १ लाख २० हजार टन युरिया र ९० हजार टन डिएपी र पाँचौ वर्ष १ लाख २० हजार टन युरिया र ९० हजार टन डिएपी मल आउने छ।