Prakash Adhikari January 27, 2023

काठमाडौं, १३ माघ । नेपाल र नर्वेबीच कुटनीतिक सम्बन्धको ५० बर्ष पूरा भएको छ ।

नेपाल र नर्वेबीच सन १९७३ को जनवरी २६ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाल र नर्वेको दौत्य सम्बन्धको स्वर्ण वर्षको अवसरमा नेपालका लागि नर्वेका महामहिम राजदूत तोरुम द्रामदलले यो मित्रता र सहयोगको महान यात्रा आगामी दिन अझ निकट र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उत्तरी यूरोप महादेशमा पर्ने नर्वे समाजवादी मुलुकमा गनिन्छ । क्षेत्रफल ३ लाख ८५ हजार २ सय ५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको नर्वे उत्तरी गोलाद्र्धको उत्तरी ध्रुव नजिक रहेको छ । यहाँको कुनै भागमा सूर्य दक्षिणायण रहेको अवस्थामा घाम लाग्दैन । यहाँको जनसङ्ख्या करिब ५३ लाख २८ हजार माथि रहेको छ । २०१० देखि, डेमोक्रेसी इन्डेक्स द्वारा विश्वको सबैभन्दा लोकतान्त्रिक देशको रूपमा वर्गीकृत नर्वेले नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गरिरहेको छ ।

 

अन्तर्राष्ट्रिय विकास मन्त्री अन्ना बेथ भिनरिमले सामाजिक सञ्जाल ट्वीटरमा भन्नुभएको छ, हाम्रा दुवै देशले विकास सहयोगको लामो इतिहासमा साझेदारी गरेका छन् । संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासलाई निरन्तर सघाउन नर्वे प्रतिबद्ध छ ।

 

नर्वेले दुवै देशको प्राथमिकतामा परेका नविकरणीय ऊर्जा, शिक्षा र सुशासनको क्षेत्रमा सघाउने रुचि राखेको छ ।

Share Now

Leave a comment.