काठमाडौं, १८ माघ । नेपालको शेयर बजारमा बुधबार झिनो सुधार आएको छ । तर कारोबार रकम भने झन घटेको छ ।
यस दिन धितोपत्र बजार परिसूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुगेको छ। कारोबार रकम भने निकै कम देखिन्छ। बुधबार १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर कारोबार भएको छ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकरणमा परेका १३ वटा उपसमूह मध्ये लगानी,माइक्रो फाइनान्स र म्युचुअल फण्ड समूहको उपपरिसूचक घटेका छन भने अन्य १० उपसमूहको उपपरिसूचक बढेका छन् ।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,368.56 | 1.42 | 0.10 |
| Development Bank Index | 3,727.68 | 45.78 | 1.24 |
| Finance Index | 1,751.37 | 12.10 | 0.70 |
| Hotels And Tourism Index | 3,279.22 | 50.48 | 1.56 |
| HydroPower Index | 2,643.50 | 3.89 | 0.15 |
| Investment Index | 65.06 | -0.35 | -0.54 |
| Life Insurance | 10,897.84 | 88.78 | 0.82 |
| Manufacturing And Processing | 5,138.80 | 28.00 | 0.55 |
| Microfinance Index | 4,625.91 | -15.48 | -0.33 |
| Mutual Fund | 14.45 | -0.04 | -0.26 |
| Non Life Insurance | 9,198.88 | 22.96 | 0.25 |
यस दिन आदर्श लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्स्योरेन्सको ८.२८ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ६.१७ प्रतिशतले बढेको छ।यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, सयपत्री हाइड्रो,सानिमा जीआईसी इन्स्योरेन्स, स्टाण्डर्ड चार्टर्ड बैंक,सिद्धार्थ इक्विटी फण्ड,मनकामना स्मार्ट लघुवित्त र ज्योति विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा अधिक बढेको छ ।
Top Gainers
यस दिन सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य ३.७२ प्रतिशतले घटेको छ भने मानुषी लघुवित्तको ३.२४ प्रतिशत र गुँरास लाइफ इन्स्योरेन्सको २.८३ प्रतिशतले घटेको छ। यस्तै इनइमबी ५०, बराही हाइड्रो पावर, उन्नति सहकार्य लघुवित्त,ग्रीन भेञ्चर्स,युनियन लाईफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।
Top Losers
बुधबार नेपाल बैंकको सबैभन्दा धेरै ५ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको ४ करोड ९२ लाख र एनआइसी एशिया बैंकको ४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै अन्य कम्पनीहरुमा लुम्बिनी जनरल इन्स्योरेन्स, स्टाण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, अपि पावर, पिपल्स हाइड्रो पावर, नेपाल दूरसञ्चार कम्पनी र हिमालयन डिष्टिलरी रहेका छन् ।


















