काठमाडौ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज पनि भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान प्रचण्ड र लामिछानेबीच भेट भएको हो ।
नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद र मन्त्री गुमाउनुभएका रवि लामिछाने गैर सांसदको रुपमा फेरि गृह मन्त्री बन्न खोजिरहनुभएको छ ।
तर प्रधानमन्त्री दाहाल भने अदालतको फैसलाको पूर्ण पाठ नआइकन उहाँलाई पुनर्नियुक्त गर्न इच्छुक हुनुहुन्न ।
गठबन्धन घटक दलमा एमाले अध्यक्ष के.पी. शर्मा ओले भने रविलाई गृहमा ल्याउन संवैधानिक अवरोध नरहेको बताइरहनुभएको छ ।


















