Prakash Adhikari March 27, 2023

 

काठमाडौं, १३ चैत्र । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ।

हरेक बर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो। यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।

नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिकार्य, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ।

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्नुहुने छ भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नुहुने छ। जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्।

सन् २०१८ देखि हरेक वर्ष द्धिपक्षीय सैन्य बैठक नियमित रूपमा आयोजना हुँदै आएको छ।

Share Now

Leave a comment.