Prakash Adhikari April 6, 2023

 

काठमाडौँ, २३ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज (बिहीबार) अन्तिम नामवली प्रकाशन गरिँदै छ।

उम्मेदवारी फिर्ता लिन इच्छुकले बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ। अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउने छन्।

चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाच्नका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै पदमुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो।

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचन रामसहाप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचनबाट सो रिक्त पदपूर्ती गर्न लागिएको हो ।

Share Now

Leave a comment.