हंगकंग, २९ चैत्र ।
हंगकंग, २९ चैत्र । नेपाली क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको उत्कृष्ट प्रदर्शनमा फेयर ब्रेक टि २० प्रतियोगितामा बर्मी आर्मीले शफायर्स वुमन्सलाई ६१ रनले पराजित गरेको छ ।
बलिड. र ब्याटिड. दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी रुविना प्लेयर अफ द म्याच पनि घोषित भएकी छन् ।
टस हारेर पहिला ब्याटिङका निम्तो पाएको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।
१ सय ६९ रनको लक्ष्य पाएको शफायर्स वुमन्सले २० ओभरको निर्धारित खेल १५.५ ओभरमा १ सय ७ रन बनाउदै अल आउट भयो
सफायर्सको तर्फबाट खेलमा तास फरान्टले ३२,बाबेड डि लिडले २३, एरिन बर्नसले २१, साना मिरले ९, मर्याम ओमार र अदितिवा चुदासामाले २ । २ तथा जेएल अरास र एस टूले १ । १ रनको योगदान गरे ।
सफार्यसलाई रोक्न नेपालकी रुविना क्षेत्री बेल्बासेले ५ तथा रुचिता बंैंकटेश्वरले २ तथा तारा नोरिस र लौरा कार्डासोले १ । १ विकेट लिए । रुविनाले ४ ओभरमा ११ रन खर्चेर ५ विकेट लिएकी थिइन ।
Erin Burns 🇦🇺☝️
Maryam Omar 🇰🇼☝️
Babette de Leede 🇳🇱☝️
Kary Chan 🇭🇰☝️
Sana Mir 🇵🇰☝️The first 5️⃣-for at #FBI23 ✅
The first 5️⃣-for by an Associate player at #FairBreak Invitational ✅
Rubina Chhetry, remember the name🇳🇵@TheBarmyArmy | @CricHeroes | #CricketTwitter pic.twitter.com/Z3Dwln4R19
— Fairbreak (@fairbreakglobal) April 12, 2023
यस पहिले टस हारेर ब्याटिड.को निम्तो पाएको बर्मी आर्मीले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।
खेलमा आर्मीकी लौरा ओल्भार्टले ४९ रन बनाइन भने नेपालकी रुविनाले ३२ । रुविनाले २५ बलमा १ चौका र २ छक्का प्रहार गरेकी थिइन । उनको स्ट्राइक रेट १ सय २८ थियो । यस खेलमा बर्मीको सर्वाधक रन बनाउने दोस्रो ब्याटर हुन् ।
Good morning, 🇳🇵Nepal 🌞
Your very own Rubina Chhetry 🇳🇵 is hitting 6️⃣s for fun at #FBI23 🏏@TheBarmyArmy | @CricHeroes | #CricketTwitter pic.twitter.com/Y5LBcWEDI1
— Fairbreak (@fairbreakglobal) April 12, 2023
रुविना १३ औं ओभरको चौथो बलमा क्रिजमा आएकी थिइन् । १७ औं ओभरको दोस्रो बलमा जिवाना अर्सलाई चौका प्रहार गरेकी थिइन् । १९ औं ओभरको पहिलो बलमै अदितिबा चुडासमालाई छक्का हानेकी थिइन् । त्यस्तै २० औं ओभरको चौथो बलमा उनले सिबोना जिमीलाई छक्का हानिन् ।
खेलमा आर्मीका शेमेन क्याम्पबेलले ३० रन, तारा नोरिसले १७, लौरा विन्फिल्ड हिलले १२, निगर सुल्तानाले ११, रोवर्टा एभिरीले ४ र किनु गिलले ३ रन बनाइन ।
बर्मी आर्मीलाई रोक्न शफायर्सकी जिभाना अर्सले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिइन् । साना मिर, केरी चान, सिबोना जिमी र अदितिबाले समान एक विकेट लिइन् ।
फेयर ब्रेक आमन्त्रण टी २० महिला क्रिकेटरहरुको प्रतिष्ठित खेल हो । यसमा विश्वभर २८ देशका ९० खेलाडीहरु ६ टिममा विभाजित भएर खेलिरहेका छन् । यो फेयर ब्रेकको दोस्रो संस्करण हो ।